Tuesday, May 26, 2020

आफु सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।


आदरणीय यस संस्थाका सेवा- ग्राही ज्युहरु , सम्पूर्ण सदस्य ज्युहरु , कर्मचारी साथीहरु र संस्था संग प्रत्यक्ष्य - परोक्ष्य रुपमा  जोडिनु भएका सम्पूर्ण महानुभाबहरु , यतिबेला सम्पूर्ण विश्व कोरोना  भाईरस संग जुधिरहेको छ।  बितेको ४/५ दिन यता हाम्रो सुर्खेत र समग्र कर्णाली प्रदेश नै भाइरसको उच्च जोखिम मा रहेको तथ्यहरु बाहिर आईराखेको छ। यस कठिन घडीमा  कोरोना भाईरस बिरुद्दको भ्याक्सिन बनेर हामीकहाँ आईपुग्ने बेलासम्म का लागि सामाजिक दुरी बनाएर बस्ने र विश्व स्वास्थ्य संगठन साथै  नेपाल सरकार ले दिएको सुरक्ष्यात्मक उपायहरु अवलम्बन गर्नु भन्दा बाहेक अरु  विकल्प नै छैन। अतः यस बिशम परिस्थितिमा हजुरहरु जो, जहाँ, जुन अवस्थामा हुनुहुन्छ उच्च मनोबलका साथ प्रचलित सुरक्ष्यात्मक नियमहरु पालना गरि बसिदिनुहुन हार्दिक अनुरोध छ।  भईपरी आउन सक्ने खाद्यान्न तथा स्वास्थ्य संकट समाधानका निम्ति स्थानिय सरकार र  स्थानिय समाजसेवी व्यक्ति / संस्था हरुसँग सम्पर्कमा रहिरहुनुहोला। राहत सहयोग अत्याबस्यक भएको तर नपाएको खण्डमा , हाम्रा बालबालिकामा थप शारीरिक जटिलता देखिएमा  वा मनोपरामर्श , सल्लाह आवस्यक भएको खण्डमा निम्न मोबाईल नम्बरहरु मा सम्पर्क राख्नुहोला। 
९८४८०००७०६ - ज्ञानेन्द्रराज गौतम ( अध्यक्ष )
९८४८०४१००६ - बिजय कुमार बस्नेत ( उपाध्यक्ष्य )
९८४८०४८३८१ - पूर्ण बहादुर रावत (सचिब , मानो परामर्श दाता )
९८४१६८०८५४ - गगनसिंह गिरि  ( कोषाध्यक्ष्य )
९८५८०७१५०० - दिपेन्द्र ठाकुर  ( सिनियर फिजियो थेरापिस्ट  )
९८४४८०९४२६ - ओम बहादुर बसेल  ( असिस्टेन्ट फिजियो थेरापिस्ट )

आफु सुरक्षित रहौं  र अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।


ए डी सी परिवार
सुर्खेत




No comments:

Post a Comment

Search